तीन दिनदेखि बेपत्ता पर्वतकी वृद्धा मृत फेला

पर्वत | भदौ ११, २०८१

तीन दिनदेखि बेपत्ता पर्वतकी वृद्धा मृत फेला

पर्वत:   विगत तीन दिनदेखि आफ्नै घरबाट बेपत्ता भएकी पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिएकी छिन् । 

    
स्थानीय ८० वर्षीया वसुन्धरा बगालेलाई मृत अवस्थामा सोमबार दिउँसो २ः१५ बजे प्रहरीले फेला पारेको हो । 


गत शनिबार साँझ ६ः३० बजेदेखि बेपत्ता भएको भनी प्राप्त भएको सूचनाका आधारमा खोजतलास गर्न पुगेको प्रहरी टोलीले उनलाई घरभन्दा करिब तीन किमी उत्तरतर्फको एकोहोरे जङ्गलको भिरमुनि अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिनुभयो । 

    
मोटरबाटोको डिलबाट लडेर तीन÷चार सय मिटर तल पुगेका कारण मृत्यु भएको जस्तो देखिने प्रहरी निरीक्षक बरामले जानकारी दिनुभयो । 


उहाँका अनुसार मृतक वृद्धले लगाएको गरगहना र लुगाफाटो जस्ताकोतस्तै रहेकाले लडेकै कारणले मृत्यु भएको जस्तो देखिएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला असपताल पर्वतमा राखिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्